Chandramani sun chadi
Laxmibhuwan sun chadi

भारतमा लोकसभा चुनावको मतगणना सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

नयाँ दिल्ली —भारतमा सम्पन्न भएको १८ औं लोकसभा चुनावको मतगणना बिहान ८ बजेबाट सुरु भएको छ । १९ अप्रिलदेखि १ जुनसम्म डेढ महिना लगाएर लोकसभाको ५ सय ४३ निर्वाचन क्षेत्रमा मतदान भएको हो । निर्वाचन आयोगले पूर्व निर्धारित गरेको कार्यतालिका अनुसार मंगलबार (४ जुन) मा सबैतिर एकैसाथ मतगणना हुँदैछ । आयोगका अनुसार कुल ९६ करोड ८ लाख मतदाता मध्ये यसपटकको चुनावमा ६४ करोड २ लाखले मतदान गरेका छन् । मतदान पूर्व सोमबार आयोगले पत्रकार सम्मेलन गरेर मतगणनाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको थियो । एलेक्ट्रोनिक भोटिङ मेशिन (ईभीएम) द्वारा मतदान भएकाले गणनाको परिणाम पनि छिट्टै आउन थाल्ने छ । केही घण्टापछि चुनावी रूझान देखिने छ ।

 

सम्पुर्णता सुनचाँदी गहना पसल

५ सय ४३ सिट मध्ये गुजरातको एक सिट उम्मेदवारी दर्ता लगत्तै भाजपाको पक्षमा गइसकेको छ । कांग्रेसको उम्मेदवारको उम्मेदवारी दर्ता खारेजी भएपछि भाजपा उम्मेदवार निर्विरोध भएको थियो । ५ सय ४२ सिटमा गणना हुन लागेको हो ।

 

नतिजा पूर्व आएको एग्जिट पोलहरूले भाजप तेस्रो कार्यकाल जित्दै गरेको देखाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी अघिल्लो पटकभन्दा पनि बढी सिटका साथ पुनः प्रधानमन्त्री बन्दै गरेको एग्जिट पोलको नतिजाहरूले देखाएको छ । यद्यपी वपक्षी इन्डिया गठबन्धनका नेताहरूले त्यसलाई अस्वीकार गरेका छन् । विपक्षीले आफूहरूले कम्तीमा २ सय ९५ सिट ल्याउने र मोदी सत्ताबाट बाहिरिने दावी गरेका छन् । सरकार बनाउन २ सय ७२ सिट चाहिन्छ । एग्जिट पोलहरूले भाजपा नेतृत्वको एनडीएलाई ३ सय ५० देखि ४ सय सम्म सिट दिएको छ । प्रधानमन्त्री मोदीले ‘अबकी बार चार सय पार’ को नारा दिएर चुनावी मैदानमा उत्रिएका थिए ।

 

विपक्षी गठबन्धनका नेताहरूले एग्जिट पोल स्वतन्त्र नरहेको र सरकारको दवाबमा ल्याइएको आरोप लगाएका छन् । मतगणनामा धाँधली हुनसक्ने आशंका लिएर विपक्षी दलले देशैभर आफ्ना कार्यकर्तालाई पुरा सतर्कताका साथ गणनामा उपस्थित हुन भनेको छ । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले कर्मचारी वर्गलाई खुला पत्र लेखेर कसैको डर धम्कीमा नलागेर संविधानले दिएको भूमिका स्वतन्त्र पूर्वक गर्न आग्रह गरेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page