Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिने एमालेको चेतावनी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।सोमवार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई योजना खरिदबिक्रीको बजेट नल्याउन चेतावनी दिएका हुन्। योजना किन्ने र बिक्री गर्नेको बजारमा बिगबिगी देखिएकाले बजेट बनाउदा जनअपेक्षाको ख्याल गरिनुपर्ने उनले बताएका छन्।मुख्यमन्त्री सोडारीले बिचौलिया पोस्ने खालको बजेट ल्याए समर्थन गर्न नसकिने एमालेले स्पष्ट पारेको छ। सरकारमा बसेर जनपक्षीय काम गर्ने अवस्था नबने नेकपा एमालेले प्रदेश सरकार छोड्ने चेतावनी दिएको छ। सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारी नेतृत्वको सरकारलाई समर्थन गरेर पनि एमाले अहिलेसम्म सरकारमा सहभागी भने भएको छैन।

मुख्यमन्त्री सोडारीलाई नेकपा एमालेले योजना खरिद–बिक्री नगर्न चेतावनी दिएको छ। जनपक्षीय बजेट निर्माण गर्न एमालेले प्रदेश सरकारको ध्यानाकर्षण गराएको नेकपा एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री रावलले बताए। ‘योजना किन्ने र बेच्नेहरूको यहाँ बजारमा बिगबिगी छ। बिचौलियाको होइन, आम जनताको बजेट हुनुपर्छ, सर्वहारा वर्गको बजेट हुनुपर्छ, किसानको बजेट हुनुपर्छ’, रावलले भने।

जय भगवति मेलौली सुनचाँदी

बजेट निर्माण गर्दा सरकारले बनाएको मापदण्ड र बजेट निर्माणका आधारहरूको पालना गरिनुपर्ने एमालेको धारणाबारे मुख्यमन्त्री सोडारीलाई लिखित रुपमै अवगत गराइएको एमालेको दाबी छ। आम सर्वसाधारणको पक्षमा जनमुखी बजेट निर्माण र कार्यान्वयनमा इमानदारी हुनुपर्ने एमालेको धारणा रहेको एमाले दलका नेता रावले बताए।

 

‘बजेट निर्माण र कार्यान्वयन विधिसम्मत होस्, नीतिसम्मत होस्। बजेटमा जनताका सरोकार प्रतिबिम्बित हुनुपर्छ’, उनले भने, ‘सौका समुदाय, गरिव समुदाय, पिछडिएका मुक्तकमैया र कम्लहरीका पक्षमा बजेट आउँछ कि आउँदैन?’ एमालेका लागि सरकारमा सहभागी हुने कुरा ठूलो नभएको तर्क समेत गरिएको छ। नीति तथा कार्यक्रम अनुसार जनपक्षीय बजेट ल्याउन मुख्यमन्त्री असफल भए सरकारलाई दिएको समर्थन नै फिर्ता लिने रावलले बताए।

 

‘जुन दिन हामीलाई लाग्छ कि यो कार्यान्वयनमा बाधा हुन्छ त्यो दिन सरकार छोड्ने हो; सरकार ठूलो कुरा होइन’, उनले भने, ‘सरकारमा भातभान्साका लागि जाने होइन, जनताका निमित्त काम गर्न जाने हो। म त स्पष्ट भन्ने हो जुन दिन लाग्यो पार्टी अध्यक्ष कहाँ गएर सिधै भन्ने हो सरकारमा बस्न सकिन्न।’ आइतवार प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम पेस गरेको छ। नीति तथा कार्यक्रम आएसँगै सरकार बजेट तयार गर्न जुटेको छ। तर, सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमालेले भने योजना खरिदबिक्रीको बजेट आए समर्थन गर्न नसक्ने चेतावनी दिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page