



बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २को कार्यालय जोड्ने ८ बर्षदेखि अलपत्र रहेको सडक वडा कार्यालय सम्म पुगेको छ। गाउँपालिकाको आर्थिक सहयोगमा दोगडाकेदार गाउँपालिका वडा नं २ टाकगाँउ देखि वडा कार्यालयको केन्द्र कमलपुरसम्म सडक पुगेको हो।
०७३ देखि ट्रयाक खुलेर अलपत्र रहेको सडक गाँउपालिकाको आर्थिक सहयोगमा वडा कार्यालय सम्म पुगेको दोगडाकेदार गाउँपालिका वडा नं २ का अध्यक्ष बिष्णु दत्त भट्टले बताए। सडक वडा कार्यालयमा पुगेपछि आवतजावतमा सहज हुने वडा अध्यक्ष भट्टले बताए।
