Vutlaxapu
Laxmibhuwan sun chadi

गोदावरीमा मृत्यु भइसकेका व्यक्तिको नाममा रकम निकासा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः कैलालीको गोदावरीमा मृत्यु भइसकेका व्यक्तिको नाममा समेत रकम निकासा गरिएको छ।सामाजिक सुरक्षा कार्यविधि २०७७ को नियम १५ (४) मा मृत्यु भइसकेका व्यक्तिले मृत्यु भएको दिनसम्मको भत्ता निजको हकवालाले पाउने व्यवस्था छ। तर गोदावरी नगरपालिका वडा नम्बर १ र वडा नम्बर ३ को लापग्राहीहरुका लागि सामाजिक सुरक्षा भत्ता वितरणका लागि रकम निकासा गरेकोमा बैंकले बुझाएको भरपाईमा मृत्यु भइसकेका व्यक्तिको खातामा समेत नगद जम्मा गरेको पाइएको हो।

जय भगवति मेलौली सुनचाँदी

गोदावरी नगरपालिकाले लाभग्राहीको विवरण अपडेट गरेर मृत व्यक्ति लगायत अन्य लाभग्राही व्यक्तिहरुको लगतकट्टा गरेर बैंकलाई रकम जम्मा गर्न र आवश्यक रकम निकासा गर्नुपर्नेमा उल्टै मृत्यु भइसकेका व्यक्तिको नाममा समेत रकम निकासा गरेर भुक्तानी समेत गरिएको पाइएको छ।

गोदावरी नगरपालिका वडा नम्बर १ भुवन महराको नाममा चार हजार ६ सय ५५, वडा नम्बर १ कै चिन्तामुनि घिमिरेको नाममा ७ हजार दुई सय र वडा नम्बर ३ की कलसा कडायतको नाममा एक हजार ६ सय रकम निकासा गरिएको छ। तर तीनै जनाको मृत्यु भइसकेको भए पनि उनीहरुको नाममा १३ हजार ४ सय ५५ रुपैयाँ निकासा गरेर भुक्तानी समेत गरिसकिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page