


बैतडी -बैतडीमा एक घरमा आगलागि भएको छ । जिल्लाको सिगास गाउँपालिका २ धौलाडीका स्थानीय सुरेन्द्र सिंह धामीको पात्थरले छाएको घरमा शुक्रबार दिउँसो आगलागि भएको हो ।

करिब १ बजेको समयमा आगनमा बालिएको आगोबाट गोठमा सल्किदा आगलागि भएको स्थानीय देब सिंह बोहराले जानकारी दिए ।
घरको तल्लो तलामा पुर्ण रुपमा क्षति पुगेको छ भने गोठमा रहेका ५ वटा बाख्रा, एक हल गोरु, भैँसी मरेको र गोठमा पूर्ण क्षति पुगेको आफन्त यज्ञ सिंह धामीले जानकारी दिए ।
स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । स्थानीय यज्ञ सिंह धामीका अनुसार करिब १० लाख बराबरको क्षति भएको छ । पूर्ण विवरण भने आउन बाँकी छ ।




