Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा मेलमिलाप सम्बन्धी ८ दिने तालिम सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा ८ दिने मेलमिलाप सम्बन्धी तालिम सञ्चालन भएको छ। प्राकृतिक द्वन्द्व स्रोत रुपान्तरण केन्द्रको सहजिकरणमा गाँउपालिकाले तालिमको आयोजना गरेको हो। कार्यक्रममा स्थानीय स्तरमा हुने सानातिना झै–झगडा र बिवादहरुको मेलमिलापकर्ताहरुले सहजीकरण गर्नुपर्ने बताईएको थियो। त्यसका साथै समाजमा रहेका आपसी समस्याहरुको समाधान गरि समाजमा शान्ति, सौहार्द तथा मित्रता बढाउन मेलमिलापकर्ताहरुको भुमिका महत्वपुर्ण हुने कार्यक्रमका सहभागीहरुले बताए।

तालिममा गाँउपालिकाका सबै वडाबाट १८ जनाको सहभागीता रहेको छ। तालिममा सर्बोच्च अदालतको मेलमिलाप परिषद्ले तयार पारेको पाठ्यक्रमका आधारमा विभिन्न विषय अन्तर्गत विवाद र यसको स्वरुप, विवादका श्रोत तथा प्रमुख कारण, विवाद नबढ्ने समाधानका बैकल्पिक उपायहरु, मेलमिलापकर्ताहरुको गुण तथा भुमिका, सहजीकरण सिप तथा क्षमता वृद्घि, सोधपुछ वा प्रश्न गर्ने सीप र क्षमाता लगायतका विषयहरु माथि प्रशिक्षण गरिएको छ।कार्यक्रम असार १०गते सम्म संचालन हुनेछ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page