


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका ३ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उदघाटन गरिएको छ ।
दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले भवनको उदघाटन गरेका हुन ।


भवनको उदघाटन गर्दै अध्यक्ष कार्कीले वडा कार्यालयले अब सम्पूर्ण काम एउटै छानामुनिबाट हुने बताए । उहाले सम्पूर्ण वडा बासिलाई वडा कार्यालयले गर्ने कामको निगरानी समेत राख्न अनुरोध गरे । ‘वडा कार्यालयले के कस्को सेवा, कसरी दिई राखेको छ, त्यसको निगरानी यहाँहरुले समेत गर्नु पर्छ’ अध्यक्ष कार्किले भने,
त्यस्तै भवन उदघाटन कार्यक्रमका विशिष्ट अतिथी गाउँ पालिका उपाध्यक्ष पार्वती ऐरि कार्किले कार्यक्रममा बोल्दै आफु अनुगमन समितिको संयोजक भएकोले पनि भवन निर्माण कार्य राम्रो भएको बताइन।उनले गाँउपालिका भित्र जुनसुखै निर्माणका कार्यहरुमा निगरानि राख्न समेत सबैलाइ आग्रह गरिन।
भ्याट सहित १९लाख ५९ हजार रुपैयामा दोगडाकेदार जस्लिङ्ग बिल्डर्सले उक्त भवनको निर्माण गरेको हो । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार,गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो।





