Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा मेलमिलाप सम्बन्धी ८ दिने तालिम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा ८ दिने मेलमिलाप सम्बन्धी तालिम सम्पन्न भएको छ। प्राकृतिक द्वन्द्व स्रोत रुपान्तरण केन्द्रको सहजिकरणमा गाँउपालिकाले तालिमको आयोजना गरेको थियो। कार्यक्रममा स्थानीय स्तरमा हुने सानातिना झै–झगडा र बिवादहरुको मेलमिलापकर्ताहरुले सहजीकरण गर्नुपर्ने प्रशिक्षण गरिएको थियो। त्यसका साथै समाजमा रहेका आपसी समस्याहरुको समाधान गरि समाजमा शान्ति, सौहार्द तथा मित्रता बढाउन मेलमिलापकर्ताहरुको भुमिका महत्वपुर्ण भएको कार्यक्रमका सहभागीहरुले बताए।

 

जय भगवति मेलौली सुनचाँदी

तालिममा गाँउपालिकाका सबै वडाबाट १८ जनाको सहभागीता रहेको थियो। तालिममा सर्बोच्च अदालतको मेलमिलाप परिषद्ले तयार पारेको पाठ्यक्रमका आधारमा विभिन्न विषय अन्तर्गत विवाद र यसको स्वरुप, विवादका श्रोत तथा प्रमुख कारण, विवाद नबढ्ने समाधानका बैकल्पिक उपायहरु, मेलमिलापकर्ताहरुको गुण तथा भुमिका, सहजीकरण सिप तथा क्षमता वृद्घि, सोधपुछ वा प्रश्न गर्ने सीप र क्षमता लगायतका विषयहरु माथि प्रशिक्षण गरिएको थियो।

दोगडाकेदार गाउँ पालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक पार्वती ऐरि कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि प्रमुख आतिथी रहेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर धामि बिशिष्ट अतिथि रहेका थिए। कार्यक्रम असार ३ गतेदेखि सन्चालन भएको थियो। तालिममा सहभागिहरुलाइ गाँउ पालिका अध्यक्ष चक्रबहादुर कार्किले प्रमाण पत्र वितरण गरेका थिए।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page