Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा ५ मन्त्रीका लागि तीन मन्त्रालय फुटाइदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम प्रदेशका दुई मन्त्रालय रिक्त छन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहिनको अवस्थामा छन्।विनाविभागीय मन्त्री पाँच भएपछि मन्त्रालय फुटाउने तयारी भइरहेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले स्वतन्त्र सांसद डाक्टर तारा जोशीलाई पनि सरकारमा सहभागी गराउन खोजेका छन्। मुख्यमन्त्रीले उनलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गर्न खोजेका थिए।

तर मन्त्रालय फुटाउँदा राज्यलाई व्ययभार बढ्ने भन्दै मन्त्री बन्न जोशीले अस्वीकार गरेका हुन्। उनी सरकारमा सहभागी हुन तयार भए तीनवटा मन्त्रालय फुटाउने तयारी छ। भौतिक पूर्वाधार मन्त्रालयलाई विभाजन गरेर ऊर्जा, खानेपानी तथा सिँचाइ क्षेत्र समेट्ने गरी अर्को मन्त्रालय बनाउने तयारी छ।

सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य मन्त्रालय तथा शिक्षा, युवा र खेलकुद मन्त्रालय बनाउने गरी मस्यौदा तयार भएको विषय बाहिर आएको छ। त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई वन, वातावरण र विज्ञान प्रविधि तथा उद्योग पर्यटन मन्त्रालय बनाउने तयारी छ।

जय भगवति मेलौली सुनचाँदी

समाजवादीको संसदीय दलका उपनेता रावलले स्वतन्त्र सांसद जोशी सरकारमा सहभागी भए तीनवटा मन्त्रालय विभाजन गरिने बताए। प्रमुख प्रतिपक्षी कांग्रेसले भने भागबन्डा मिलाउन मन्त्रालय फुटाउन लागिएको भन्दै आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सरकार जोगाउन मन्त्रालय फुटाएर आर्थिक भार उचित नभएको बताए।

मुख्यमन्त्री सोडारीले तेस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दा एमालेबाट सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्री र माओवादीबाट ओमप्रकाश भाटले सामाजिक विकास मन्त्रालयको फुल जिम्मेवारी पाउँदा सँगै नियुक्त भएका ५ जना मन्त्री भने जिम्मेवारीविहीन अवस्थामा छन्।

 

भागबण्डाको किचलोका बीच मुख्यमन्त्री सोडारीले ५ जना बिना विभागीयसहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए। एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसद गरेर थप आठ जना मन्त्री नियुक्त गरेका थिए।

 

एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक, एकीकृत समाजवादीका माया पन्तलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको छ। यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित १० सदस्यीय भएको छ। यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन्। भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री भएका हुन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page