Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

शाहले नेकपा (एमाले) को समर्थनमा आइतबार दिउँसो मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए।

प्रदेश प्रमुख नजिर मियाँले शाहलाई आइतबार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अनुसार प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि यहाँ नयाँ सरकार गठनका लागि आइतबार अपराह्न ५ बजेसम्मको समय दिइएको थियो।

जय भगवति मेलौली सुनचाँदी

शाह यसअघि १४ महिना सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए।

शाहलाई नै पुन: मुख्यमन्त्रीमा दोहोर्‍याउने कांग्रेस संसदीय दलको आइतबारको बैठकले निर्णय गरेको थियो।

नवनियुक्त मुख्यमन्त्री शाहको शपथ सोमबार हुनेछ। मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

सुदूरपश्चिम प्रदेश सभामा अहिले कायम रहेको सांसद संख्या ५३ हो। बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन चाहिन्छ।

सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्। यी दुई दलमात्रै भए पनि सरकार बनाउन बहुमत पुग्छ।

शाह यसअघि २०७९ माघ २६ गते मुख्यमन्त्री बनेका थिए। त्यसबेला उनलाई माओवादी, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसदको समर्थन थियो।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page