गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

सइ पनि एमाले मै पनि एमाले’ बिर्साउने अर्को चुनावी गीत ‘एमाले जिन्दावाद’ सार्बजनिक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

२२ चैत, काठमाडाैँ । नेकपा (एमाले) को नयाँ चुनावी गीत: “एमाले जिन्दावाद” युट्युव बाट सार्वजनिक भएको छ । नेकपा एमाले सम्बद्द नुवाकोट जिल्लाको युवा नेता माधव पण्डित, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नुवाकोटका कलाकारहरु र राष्ट्रिय युवा संघ नेपाल र नेकपा (एमाले) नुवाकोटका नेताहरु को सयुक्त पहलमा उक्त गीत यही चैत्र १८ गते राष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रिय महाधिवेशनमा पूर्व प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका थिए ।

खालि ठाँउ २

हिजो उक्त गीतको गायक दिनेश श्रेष्ठको युट्युव च्यानल: दिनेश श्रेष्ठ अफिसियलबाट सार्वजनिक भए यता उक्त गीतले देशब्यापी चर्चा बटुलेको छ । उक्त गीतको अडियो तथा भिडियोमा एमालेका स्वर्गिय जननेता मदन कुमार भण्डारीले तत्कालिन राजालाई श्रीपेज फुकालेर चुनाव लड्न आउन र नेपाली जनतालाई गणतन्त्र आवश्यक रहेको र जनताको बहुदलिय जनवद (जबज) को सबिस्तार गरिएको छ ।

२०५१ सालमा मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमत्री हुँदा पहिलो चोटि एकल महिला , अपाङ्गता र ब्रिध-ब्रिधालाई ब्रिध भत्ता (सामाजिक शुरक्षा भत्ता) आवश्यक रहेको र जनताको बहुदलिय जनवद (जबज) को सबिस्तार गरिएको र मनमोहन अधिकारीको देश बिकाशको नारा: “आफ्नो गाउँ आँफै बनाउ” ले राष्ट्र निर्माणमा पुर्याएको अतुलनिय भूमिका साथै एमाले अध्यक्ष केपी ओलीको पहिलो कार्यकालमा नाकाबन्दी बिरुद्दको राष्ट्रबाद , र केपी ओलीको दोश्रो कार्यकालमा भएको चिनिया राष्ट्रपती शी जिङ पिङ सँग केपी ओलीले गर्नुभएको पारबाहन सम्झौता (रेलमार्ग, जलमार्ग शुरुङमार्ग को सचित्र बर्णन गरिएको छ ।

साथै लिपुलेक लिम्पियाधुरा र कालापानी मिचिदा को चुच्चे नक्सा प्रकाशित, निर्माणाधिन फास्ट ट्र्याक, नागढुङा-नौबिसे सुरुङमार्ग, टोखा-छहरे सुरुङमार्ग, धरहरा, जनकपुरको रेल, शैक्षिक कर्जा, युवा स्वरोजगार, फलामखानी, तामाखानीको उत्खनन, तुइन बिस्थापन, पोखरा, भैरहवा र काठमाण्डौ बिमानस्थलको आधुनिकीकरण, एकीक्रित बस्ती, रानी-पोखरी पुन-निर्माण, मध्य पहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र जनताको लगानी मा ठुला राष्ट्रिय स्तरको जलबिद्दुतको बिकासको थालनीमा केपी ओली र एमालेले पुर्याएको एतिहासिक उपलब्धीहरु को सबिस्तार गरिएको र गीत मार्फत अबको स्थानिय र केन्द्रिय चुनावमा एमालेलाई जिताएर अधुरा कामहरु पुरा गर्ने अवसर प्रदान गर्न आग्रह गरिएको छ ।उक्त गीतको निर्माण, निर्देशन र शब्द: माधव पण्डित, संगित: दिनेश श्रेष्ठ, स्वर: दिनेश श्रेष्ठ, भगवान कार्की, सुमित्रा भट्टराई, बेनिशा पौडेल, अप्सरा बोगटी, श्रीजन पण्डित, अनु पराजुली, जयराम सापकोटा, रुस्मा सापकोटा र जयराम बुढाथोकीको र अभिनय: अनु पराजुलीको रहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page