



बैतडी: चैत्र २५ पुर्चाैडी नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने जनाएको छ । बिहीबार एक बिज्ञप्ती जारी गर्दै पुर्चाैडीमा गठबन्धन नगर्ने बताएको हो । ९ वटा वडाअध्यक्ष र मेयरको उम्मेद्वारको टुंगो लागेको जनाउदै कांग्रेस संगठनीकरुपमा बजवुद र एकजुट भएकाले एक्लैले वडा तथा नगर पालिका जित्न सक्ने भन्दै पुर्चाैडीमा गठबन्धन आवस्यक नरहेको पुर्चाैडी पार्टी सभापती गणेश बहादुर गडाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।





