गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

फेरि वढ्यो सुनको भाउ, तोलाको १ लाख ६३ हजार रुपैयाँ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -केही दिनअघि लगातार घटेको सुनको भाउ फेरि बढ्न थालेको छ । सुन मूल्य तीन दिनयता लगातार बढिरहेको छ । नेपाली बजारमा मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।

 

खालि ठाँउ २

मंगलबार भने सुनको प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँ मा किनबेच भएको थियो । सोमबार भने सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ थियो । आइतबार भने सुनको तोलाको १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली बजारमा पनि प्रभाव पारेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक १५ मा प्रतितोला भाउ १ लाख ७१ हजार रुपैयाँ निर्धारण गरेको थियो । यो मूल्य अहिलेसम्मकै उच्च थियो ।

 

त्यस्तै मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । बुधबार नेपाली बजारमा चाँदीको भाउ १ हजार ९ सय ५० रुपैयाँ कायम गरिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page