



बैतडी -साताको पहिलो दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन र चाँदीको मूल्य घटेको हो । आज सुन प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।




