Chandramani sun chadi
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीले नै गरे २ लाख असुली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

धनगढीः प्रहरीमा जागिर लगाउने भन्दै सुदूरपश्चिममा प्रहरीले नै २ लाख रकम असुली गरेको विषय बाहिर आएको छ।प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरमा कार्यरत सहायक प्रहरी हवल्दार केशवदत्त भट्टले रकम असुली गरेको विषय बाहिर आएको हो। डडेल्धुराको जोगबुढाका भट्टले बझाङका बिरेन्द्र धामीबाट पटक–पटक गरेर प्रहरीमा जागिर लगाउने भन्दै २ लाख रुपैयाँ असुल गरेको आरोप छ। बझाङको छबिस–पाथीभेरा गाउँपालिका–७ का धामीले दीपायलबाट प्रहरी जवानमा जागिर खान २ लाख रुपैयाँ भट्टलाई बुझाएका हुन।

सम्पुर्णता सुनचाँदी गहना पसल

केशवदत्त भट्टले जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत हुँदा धामीबाट २ लाख रुपैयाँ विभिन्न मितिमा बुझेको पाइएको छ। २०८० चैत २७ गते ६४ हजार ८ र ३५ हजार २ सय गरेर एक लाख धामीले भट्टको नाममा भारतबाट रकम पठाएका छन्। २०८१ वैशाख ९ गते २० हजार, प्रभुमनि ट्रान्सफरबाट १० हजार र अन्य माध्यमबाट ५० हजार १६० गरेर एक लाख थप भट्टको नाममा धामीले पठाइएको पाइएको छ। भट्टको नाममा धामीले प्रहरीमा जागिर लगाइदिन भन्दै २ लाख रकम जम्मा गरेका गरेका हुन्। दीपायलबाट आवेदन भर्न लगाएका धामीले प्रहरीमा जागिर खान नसकेपछि रकम फिर्ता मागेका थिए। भट्टले ३० हजार रुपैयाँ मात्रै फिर्ता गरेका छन्।

तर, भट्टले २०८१ भदौ २० गतेको मिति राखेर दिइएको एक लाख ७० हजारको चेक हालसम्म साटिएको छैन। धामीले पटक–पटक सम्पर्क गर्दा पनि रकम फिर्ता नभएको गुनासो गरेका छन्। उनले भने, ‘सबै भारतबाट हालेको पैसा हो। ३० हजार फिर्ता भयो। एक लाख ७० हजारको चेक छ। तर, बैँकमा पैसा छैन भन्छ। चेक साटिएको छैन।’प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरका प्रहरी सहायक हवल्दार भट्टले आफूले रकम लिएको स्वीकार गरेका छन्। प्रहरी सहायक हवल्दार राम जाग्रीका भाइ नाता पर्ने बिरेन्द्र धामीले भारतबाट २ लाख पठाएको उनले बताए। भारतबाट आएको २ लाखमा एक लाख ७० हजार तिर्न बाँकी रहेको भट्टले दिनेशखबरसँग बताए। उनले भने, ‘मैले रामबहादुर जाग्रीबाट पैसा लिएको हो। राम जाग्री धामीको दाइ हो। हामीसँगै थियौ। मैले भन्दिन्छु मात्र भनेको हो। उसको दाइ प्रहरी नै छ। अहिले हेटौडा छन्। पहिला हामी जिप्रका कैलालीमा थियौ। म अहिले महेन्द्रनगरमा हो। अहिले हिसाबकिताब हुँदैछ। एक लाख ७० हजारको मैले चेक दिएको छु।’ भट्टले एक लाख ७० हजार आफैले खर्च गरेकोसमेत स्वीकार गरेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page