Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा प्रेमीसँग मिलेर श्रीमानको हत्या

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुर : कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेकी छन। जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीया सियाराम नाराको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेकी खुलेको हो।भारतको खिरी जिल्ला, सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा जनककुमारी रानाले श्रीमानको इटाले प्रहार गरेर हत्या गरेकी हुन। रानाको शव २०८१ मङ्सिर १३ गते उनकै घरमा फेला परेको थियो। दोस्रो दिन प्रहरीले श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएको थियो। जनककुमारीलाई पूर्पक्षका लागि कारागार पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ।

उनका प्रेमी भारतीय नागरिक २०८१ पुस २८ गते पक्राउ परेका छन। घटनास्थलमा भारतीय नागरिक फारुख नभएपनि योजना बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए। बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रूपमा हत्या गरेको पाइएको प्रहरीले जनाएको हो।

जय भगवति मेलौली सुनचाँदी

मृतक सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बिमा गरेकाले उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ। भारतीय नागरिक फारुखले योजना बनाएपनि हत्या भने स्वयंम श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिइएकी छन। भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्‍दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

 

उनीहरूले रानाको हत्या गरेर शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। तर, मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरेको थियो। रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो। खाटमुनी रगत लागेको इटा भेटिएको थियो। दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए। सोधपुछका क्रममा मृतककी श्रीमती रानाले बिहीबार बिहान दुवै जनाबिच झगडा भएको र दिउँसो सुतेका बेला इटा प्रहार गरि हत्या गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरेर मुद्‍दा चलाइएको हो। श्रीमतीमाथि अनुसन्धान गर्ने क्रममा भारतीयसँग मिलेर हत्या गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page