Vutlaxapu
Laxmibhuwan sun chadi

अमेरिकी ड्रोन हमलामा मारिए अल-कायदाका नेता जवाहिरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

अलकायदका नेता अल-जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा अलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको पुष्टि गरेको छ ।

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले एक भिडियो जारी गर्दै अमेरिकाको गुप्तचर विभाग सीआईएले गरेको ड्रोन हमलामा उनको मृत्यु भएको पुष्टि गरेका हुन् । सीआईएले अफगानिस्तानको राजधानी काबुलमा गरेको आतंकवाद विरोधी हमलामा जवाहिरीको मृत्यु भएको हो ।

अमेरिकी नागरिकको हत्या र हिंसाको रगतले जवाहिरीको हात रङ्गिएको बताउँदै राष्ट्रपति बाइडेनले उनको मृत्युसँगै अमेरिकी नागरिकलाई न्याय मिलेको बताए । जवाहिरी सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतङ्ककारी हमलाको मुख्य योजनाकारमध्ये एक रहेको अमेरिकाले दाबी गर्दै आएको छ । सन् २००१ मा भएको हमलामा करिब ३ हजार अमेरिकी नागरिकको मृत्यु भएको थियो ।

जय भगवति मेलौली सुनचाँदी

जवाहिरी अफगानिस्तानको काबुलस्थित एक घरको बरन्डामा रहेको बेला ड्रोन हमला भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । घरमा रहेका अन्य सदस्य भने सकुशल रहेको बताइएको छ ।
सन् २०११ मा अलकायदाका पूर्वप्रमुख ओसामा बिन लादेनको मृत्युपछि अलकायदाको मुख्य जिम्मेवारी जवाहरीले सम्हाल्दै आएका थिए । अमेरिकास्थित ह्वाइटहाउसबाट जारी एक भिडियो सन्देशमा राष्ट्रपति बाइडेनले भनेका छन्‚ ‘हामीले आज यो कुरा प्रमाणित गरिदिएका छौं कि जति नै लामो समय लुकेर बसेको किन नहोस्‚ जुनकुनै ठाउँमा लुकेको किन नहोस्; यदि हाम्रा नागरिकको डरको कारण बनिरहेको छ भने त्यसलाई हामी पत्ता लगाएरै छाड्छौं ।’

‘हामी अब उप्रान्त अफगानिस्तानलाई आतङ्ककारीका लागि सुरक्षित स्थान बन्न दिने छैनौं‚’ बाइडेनले भने । अब उक्त समूहले अमेरिकामाथि हमला गर्न नसक्ने भन्दै बाइडेनले जवाहरीको मृत्युपछि अमेरिकी नागरिकले न्याय पाएको बताए । उनले सम्बोधन गर्ने क्रममा अलकायदका नेता जवाहिरीले थुप्रै हिंसाजन्य कार्य गरेको भन्दै सन् २००० अक्टुबरमा यमनको अडेनमा भएको हमलामा पनि उनकै हात रहेको दाबी गरे । उक्त हमलामा १७ अमेरिकी नागरिकको मृत्यु भएको थियो ।

अमेरिकी गुप्तचर विभाग सीआईएले यो वर्षको सुरुदेखि नै उनलाई पछ्याइरहेको थियो । केही साताअघि राष्ट्रपति बाइडेनको स्वीकृति पाएपछि सीआईएले ड्रोन हमला गरेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले बताएको छ ।

तालिबानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिनुअघि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग सन् २०२० गरेको ‘दोहा सम्झौता’को उल्लंघन भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त सम्झौतामा अल-कायदा र आईएसआईएसजस्ता समूहलाई अफगानिस्तानको भूमि प्रयोग गर्न नदिने भनी सम्झौता भएको उनीहरूले उल्लेख गरेका छन् ।
यता तालिबानका प्रवक्ताले भने अमेरिकी ड्रोन हमला २० वर्षअघिको पुनरावृत्ति भएको र यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page