Vutla
Laxmibhuwan sun chadi

युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा बम आक्रमण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण भइरहेपछि संयुक्त राष्ट्र सङ्घले आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ ।

जय भगवति मेलौली सुनचाँदी

राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले जापोरिजा वा अरू कुनै पनि आणविक भट्टीमा आक्रमण हुँदा भयावहस्थिति उत्पन्न हुने भन्दै तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गर्नुभएको हो ।

राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठकमा यही विषयमा छलफल समेत भइरहेको बीबीसीले जनाएको छ । राष्ट्र सङ्घको परमाणु निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले संवेदनशील घडी आएको बताउनु भएको छ । यो आणविक भट्टीमा कम्तीमा १० पटक आक्रमण भएको छ ।

आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका छन् । रुसले सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको युक्रेनको आरोप छ । यो परमाणु ऊर्जा केन्द्र गएको मार्चयता रुसको कब्जामा छ। जी सेभेन राष्ट्रहरूले यो केन्द्र युक्रेनलाई फिर्ता गर्न रुसलाई भनेका छन् ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page