


असोज २६ नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।
यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसामा आइपुगेको छ।नेपालमा निरन्तर घटेको अष्ट्रेलियन डलरको खरिद मूल्य मंगलबार एक अष्ट्रेलियन डलर बराबर ८३.३७ रूपैयाँ तोकिएको थियो। एक महिना अघिसम्म एक अष्ट्रेलियन डलरको खरिद मूल्य ८७.५५रूपैयाँ थियो।

त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा तथा बिक्री दर १२८ रुपैयाँ १३ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।




