Vutla
Laxmibhuwan sun chadi

तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

फागुन २६ चिनियाँ संसदले सी चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ।

शुक्रबार नेशनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको समाचार संस्था रोयटर्सले जनाएको छ।

राष्ट्रपतिका लागि चिनफिङ एक्ला उम्मेदवार थिए। संसदका तीन हजार बढी सदस्यले विद्युतीय मतदान गरेका थिए।

जय भगवति मेलौली सुनचाँदी

मतदान गर्न एक घन्टा लागेको थियो भने गणना सुरू भएको  १५ मिनेटमै अन्तिम नतिजा सार्वजनिक भएको थियो।

गणतान्त्रिक चीनमा माओ त्सेतुङ पछि तेस्रो कार्यकाल राष्ट्रप्रमुख बन्ने सी पहिलो व्यक्ति हुन्। यसअघि चिनियाँ संविधानमै दुई कार्यकालभन्दा बढी पार्टीको महासचिव र राष्ट्रपति बन्न नपाइने व्यवस्था गरिएको थियो।

सीले आफ्ना लागि उक्त संवैधानिक व्यवस्था नै हटाएका थिए।

६९ वर्षीय सी फेरि राष्ट्रपति बन्छन् भन्ने कुरा गत अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशनबाट नै टुंगो भएको थियो। त्यतिबेला उनी तेस्रो कार्यकालका लागि महासचिव चुनिएका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page