Vutlaxapu
Laxmibhuwan sun chadi

म्यानमारको सागिङ क्षेत्रमा सेनाको हवाई आक्रमण, ५३ जनाको ज्यान गयो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

चैत २९ म्यानमारमा जारी गृहयुद्धमा सेनाले गरेको हवाई आक्रमणमा ५३ जनाको ज्यान गएको छ । सैन्य सरकारको विरोध गर्ने सागिङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर आक्रमण भएको हो ।

जय भगवति मेलौली सुनचाँदी

आक्रमणमा परि कम्तीमा १५ जना महिला र कैयौँ बालबालिकाको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका बीबीसीको खबरमा उल्लेख छ । तर मृतकको सङ्ख्या भने पुष्टि भइसकेको छैन ।

सन् २०२१ मा सत्तामा आएदेखि सेनाले आफ्ना विरोधीहरूविरुद्ध हवाई आक्रमण गरिरहेको छ । सागिङका समुदायले म्यानमारमा सैन्य शासनको चर्को विरोध गर्दै आएको छ । उनीहरूले छुट्टै फौज बनाएका छन् । साथै आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन् ।

म्यान्मारमा जारी गृहयुद्धमा हजारौँ मानिसको ज्यान गइसकेकाे छ भने १४ लाख मानिस विस्थापित भएका छन् । अहिले म्यानमारकाे झन्डै एक तिहाइ जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक रहेकाे राष्ट्र सङ्घले बताएकाे छ

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page