Vutlaxapu
Laxmibhuwan sun chadi

मानहानि मुद्दामा राहुल गान्धीको पुनरावेदन खारेज

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैशाख १० भारतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीको पुनरावेदन खारेज गरिदिएको छ । बिहीबार सुरतको सेसन कोर्टले मानहानि मुद्दामा गान्धीको पुनरावेदन खारेज गरिदिएको हो । सुरतको एक अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता राहुल गान्धीले उक्त फैसलाविरुद्ध सेसन कोर्टमा गत अप्रिल ३ मा पुनरावेदन दिएका थिए । गत अप्रिल १३ मै यस मुद्दाको सुनुवाइ भए पनि फैसला सुरक्षित राखिएको थियो । अदालतले बिहीबार आफ्नो फैसला सुनाएको हो । पुनरावेदनमा गान्धीले आफूलाई अधिकतम सजाय दिन आवश्यक नभएको बताएका थिए ।

गान्धीले सुरतकै सेसन कोर्टमा फैसलाविरुद्ध अपिल गरेका हुन् । फैसला नआएसम्मलाई अदालतले उनलाई धरौटीमा रहने छुट दिएको छ । सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page