Vutlaxapu
Laxmibhuwan sun chadi

इडिएफले सार्वजनिक गर्‍यो नेपाली बन्धकलाई हमासले घाइते अवस्थामा अस्पताल लगेको भिडिओ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

मंसिर ४-इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको भिडिओ सार्वजनिक गरेको छ।

आइडिएफले एक्स (ट्वीटर) बाट सार्वजनिक गरेको भिडिओमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ।

 

भिडिओमा एक जनालाई डोहोर्‍याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ।

जय भगवति मेलौली सुनचाँदी

आइडिएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ।

उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ।

द न्युयोर्क टाइम्सले उक्त दृश्य गजाको अल-सिफा अस्पतालको रहेको पुष्टि गरेको छ।गजाको स्वास्थ्य मन्त्रालयले भने उक्त भिडिओको आधिकारिकताबारे प्रमाणित नहुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

 

गत असोज २० (अक्टोबर ७) गते बिहान हमासले गजापट्टी सिमानातर्फको इसराइली भूभागका आकाश र जमिनबाट आक्रमण गरेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page