Vutlaxapu
Laxmibhuwan sun chadi

रुसको आक्रमणबाट युक्रेनमा १६० भन्दा धेरै शैक्षिक संस्थामा क्षति

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

फागुन २१ रुसी सेनाको आक्रमणबाट युक्रेनमा एक सय ६० वटाभन्दा धेरै शैक्षिक संस्थामा क्षति पुगेको छ । ती शैक्षिक संस्थामा आंशिक वा पूर्णरूपमा क्षति भएको हो । रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो ।

जय भगवति मेलौली सुनचाँदी

हिजो रुसले युरोपकै सबभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ । मुख्य सहरमा आक्रमणका घटना रोकिएका छैनन् । बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै आएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको एक घण्टा लामो फोन कुराकानीमा जर्मन चान्सलर ओलाफ सोल्जले तत्काल युद्ध रोक्न आग्रह गर्नुभएको छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न युक्रेनले गरेको आग्रहलाई अस्वीकार गरेको समाचार संस्था एएनआईले जनाएको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानलाई युक्रेनको आकाशमा पठाउन नसक्ने भएकाले अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको छ । तर युक्रेनलाई आवश्यक अरु विभिन्न सहयोगलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page