Vutlaxapu
Laxmibhuwan sun chadi

रुस–युक्रेन वार्ता सकारात्मक रूपमा अघि बढिरहेकाे छ : पुटिन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी अधिकारीहरूबीच चलिरहेको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउनुभएको छ । बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग  शुक्रवार मस्कोमा भएको भेटमा पुटिनले आफ्नोतर्फका वार्ताकारहरूको अनुसार वार्तामा सकारात्मक परिवर्तनहरू देखिएका बताउनुभएको बीबीसीले जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

युक्रेन र बेलारुस सीमामा दुई पक्षका टोलीबिच तीन चरणमा वार्ता भएका हुन् । बिहीवार युक्रेन र रुसका विदेशमन्त्रीहरू टर्कीमा भेटेका थिए । तर अहिलेसम्म ती वार्ताबाट कुनै नतिजा देखिएको छैन ।

पुटिनले रुसविरुद्ध लगाइएका प्रतिबन्धहरूले आफ्नो देशमा सकारात्मक प्रभाव पार्ने दाबीसमेत गर्नुभएको बीबीसीले जनाएको छ । रुसले युक्रेनका थप तीन वटा सहरमा आक्रमण सुरु गरेको र राजधानी किएभलाई रुसी सेनाले नजिकैबाट घेरेको बीबीसीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page