Vutla
Laxmibhuwan sun chadi

तीन लाख युक्रेनी नागरिक हतियारसहित सेनालाई सघाउँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

फागुन २८ रुसले आक्रमण गरेपछि झन्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् ।

जय भगवति मेलौली सुनचाँदी

युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको थियो ।

युक्रेनमा सेनालाई सहयोग गर्न चाहने जो कोहीलाई पनि सरकारले हतियार दिने गरेको छ । यसैबीच युक्रेनका रक्षामन्त्री एलेक्सेइ रेज्रिकोभले रुससँगको लडाइँमा अप्रशिक्षित नागरिकलाई अग्रपङ्क्तिमा नखटाउने घोषणा गर्नुभएको छ । उहाँले सेनाको प्रशिक्षण नलिएका नागरिकलाई अग्रपङ्क्तिमा खटाउँदा क्षति धेरै हुने भएकाले तालिमप्राप्त सेनाको सहयोगीका रुपमा मात्रै खटाउने बताएको खबरमा उल्लेख छ ।

युद्धका क्रममा सेनाभन्दा धेरै नागरिक मारिएको भन्दै रक्षामन्त्री रेज्रिकोभले रुसको सामना गर्न तालिमप्राप्त र युद्धमा पोख्त सेना पर्याप्त रहेको भन्दै लडाइँको अग्रभागमा सेना नै रहने बताउनुभएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page