Vutlaxapu
Laxmibhuwan sun chadi

१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, पाँच जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बाँकेको कोहलपुरस्थित एक होटलमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएपसी धर्मराज भण्डारीका अनुसार पीडित किशोरीले बुधबार आफूमाथि भएको सामूहिक बलात्कारबारे किटानी जाहेरी दिएपछि पाँच जनालाई पक्राउ गरिएको हो।

बुधबार नै प्रहरीले बैजनाथ गाउँपालिका-१ करेलीका निशान रोकाया, डम्मरबहादुर रोकाया, जिवन रोकाया र बैजनाथ-१ गाभर गाउँका निर्मल थापा र विजय कार्कीलाई पक्राउ गरेको हो।

जय भगवति मेलौली सुनचाँदी

पक्राउ परेकामध्ये जीवन २४ वर्षका छन् भने अन्य १९ वर्षका हुन्।

पीडित किशोरीले जाहेरीमा असोज २७ गते कोहलपुर नगरपालिका-११ स्थित सुर्खेत रोडको एक होटलमा बोलाएर आफूमाथि पाँच जनाले रातभर सामूहिक बलात्कार गरेको कुरा उल्लेख गरेकी छन्।

डिएसपी भण्डारीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका आधारमा निशान रोकायाले ती बालिकालाई होटेलमा खाजा खान भनेर बोलाएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page