Vutlaxapu
Laxmibhuwan sun chadi

युक्रेनले रूसभित्र लामो दुरीको अमेरिकी मिसाइल प्रयोग गरेपछि पुटिनले खुकुलो बनाए आणविक हतियार प्रयोग गर्ने सर्त

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने सीमा घटाएका छन्।

युक्रेनले आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (अट्याक एम्स) भनिने लामो दुरीका हतियार रूसी भूमिभित्र प्रयोग गर्ने अनुमति तीन दिनअघि नै दिएको भनेर विभिन्न पश्चिमा मिडियाले आइतबार जनाएका थिए।

 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले धेरै अघिदेखि रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिरहेका थिए। तर त्यस्तो अनुमति दिए रूसले पश्चिमाहरूमाथि नै प्रहार गर्ने वा युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने डरका कारण बाइडेनले अनुमति दिएका थिएनन्।

 

जय भगवति मेलौली सुनचाँदी

रूसले युक्रेनमाथि हमला गरेको १००० दिन पुगेको अवसर पारेर मंगलबार युक्रेनले ती हतियारले रूससँगको सीमाबाट करिब ११० किलोमिटर टाढा रहेको हतियार भण्डारमा प्रहार गर्‍यो। त्यसै दिन रूसले आणविक हतियार प्रयोग गर्ने नीति पुनरावलोकन गर्दै प्रयोग गर्ने सीमा घटाएको हो।

 

युक्रेनले भर्खरै प्रयोग गर्ने अनुमति पाएको हतियार चलाउन अमेरिकी खुफिया सूचनाका साथै प्राविधिक सहयोग पनि चाहिने भएकाले त्यस्ता हतियार रूसभित्र प्रयोग भए अमेरिकाले युद्धमा प्रत्यक्षरूपमा भाग लिएको मानिने भनेर रूसले भन्दै आएको थियो।

 

अमेरिकाले ती हतियार प्रयोग गर्न अनुमति दिएपछि चार वर्ष अघिमात्रै अद्यावधिक गरिएको आणविक हतियार प्रयोग गर्ने नीति रूसले फेरि संशोधन गरेको छ। आणविक हतियार प्रयोग गर्ने नीति फेरि संंशोधन गर्ने घोषणा पुटिनले गत सेप्टेम्बरमा गरेका थिए।

अद्यावधिक गरिएको नीतिअनुसार परम्परागत हतियारले रूस वा रूसको छिमेकी बेलारूसमा गरिएको हमलाले रूसको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गम्भीर खतरा उत्पन्न भए आणविक हतियार प्रयोग गर्ने अधिकार रूससँग रहन्छ।

 

रूसी भाषीको बाहुल्यता रहेको बेलारूसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले आफ्नो सत्ता जोगाउनका लागि आफ्नो भूमि रूसी सेनालाई प्रयोग गर्न दिएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page