Vutlaxapu
Laxmibhuwan sun chadi

बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

गत सोमबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।

बुधबार नेप्से ३९.७० अंकले बढेर २७५६.३६ विन्दुमा बन्द भएको छ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

गत कारोबार दिन अर्थात् मंगलबार ७ अर्ब ४४ करोडको सेयर कारोबार भएकोमा बुधबार ९ अर्ब ३१ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ८७ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३१६ वटा धितोपत्रको एक करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर किनबेच भएको हो।

बुधबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।

जय भगवति मेलौली सुनचाँदी

यस दिन आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

विशाल बजार, कर्णाली डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्टको मूल्यमा सर्किट लागेको छ।

यस्तै, मिथिला लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ७६४ रूपैयाँ कायम भएको छ।

दोस्रोमा जानकी फाइनान्सको मूल्य ९.५८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८७७ रूपैयाँ ३० पैसामा झरेको छ।

बुधबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य ८७७ रूपैयाँ ३० पैसामा ३४ करोड एक लाख रूपैयाँको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६१ रूपैयाँमा ३३ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक ०.४७ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ९.२७ प्रतिशतले बढेको छ।

दोस्रोमा विकास बैंक समूहको परिसूचक ३.१८ प्रतिशतले बढेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page