Vutla
Laxmibhuwan sun chadi

पुर्चाैडी नगरपालिकाले ‘वडास्तरीय भुक्तानी शिविर’ आयोजना गर्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पुर्चाैडी नगरपालिकाले वडातहबाटै योजनाको भुक्तानी गर्ने भएको छ । जेठ २८ गतेबाट भुक्तानी शिविरको आयोजना गरी गरपालिकाबाट बिनियोजन भई निर्माण सम्पन्न भएका योजनाको भुक्तानी गरिने नगरपालिकाले जनाएको छ । प्रत्येक वडाहरुमा शिविरकै आयोजना गरि भुक्तानी गरिन लागिएको हो ।

 

पालिकाको वार्षिक कार्यक्रम अनुसार सम्पन्न भइसकेका योजनको भुक्तानी वडाबाटै गरिन लागिएको नगर प्रमुख दीपक बहादुर बमले जानकारी दिए । यही बैशाख २८ गते वडा नं ६ र ७ का योजनाको भूक्तानी वडा नं ६ को कार्यालयबाट भुक्तानी गरिने सूचनामा उल्लेख गरिएको छ । यही बैशाख २९ गते वडा नं १, ७ र ८ का योजनाको भुक्तानी नगरपालिकाको कार्यालय हाटबाट भुक्तानी पाउनेछन् ।

 

बैशाख ३० गते वडा नं १० योजनाको भुक्तानी सोही वडा कार्यालयमा सम्पन्न भएका योजनाको भुक्तानी गरिने छ ।

 

बैशाख ३१ गते वडा नं ३ का योजनाको भुक्तानी सोही वडा कार्यालयबाट भुक्तानी गरिने छ ।

 

जय भगवति मेलौली सुनचाँदी

जेठ १ गते वडा नं ४ का योजनाको भुक्तानी सोही वडा कार्यालयबाट गरिने छ ।

 

जेठ २ गते वडा नं ५ का योजनाको भुक्तानी सोही वडा कार्यालयबाट गरिने छ ।

 

जेठ ३ गते वडा नं ९ का योजनाको भुक्तानी सोही वडा कार्यालयबाट गरिने छ ।

 

जेठ ४ गते वडा नं २ का योजनाको भुक्तानी पुर्चाैडी नगरपालिकाको कार्यालयबाट भुक्तानी गरिने छ ।

 

माथि उल्लेखित समयमा भुक्तानी हुन छुटेकाहरुका लागि पनि जेठ ४ गते नै भुक्तानी गरिने नगरपालिकाले जनाएको छ ।

 

उपभोक्ता समितिले भुक्तानीका लागि नगरपालिकाको कार्यालयमा आउँदा भौगोलिक कठिनाइ हुने र बैंकिङ प्रणालीमा समेत झन्झटिलो हुने भएकाले वडा तहबाटै भुक्तानको व्यवस्था मिलाइन लागिएको नगर प्रमुख बमले बताए ।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page